म्याग्दी । जिल्लाको बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदी किनारमा ग्याबिन पर्खाल निर्माणको काम भइरहेको छ । तातोपानीस्थित सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा पलम र ग्याबियन पर्खाल निर्माणको काम भइरहेको हो ।
एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन–तीन मिटर अग्लो पलम र ग्याबियन पर्खाल निर्माण भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले जानकारी दिएका छन् । यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
त्यसैगरी मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा ७० लाखको लागतमा कम्पोजिट पर्खाल निर्माण भइरहेको छ । ७० लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी–४ सिङ्गा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।