काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा वन्यजन्तु उद्धार केन्द्र निर्माण भइरहेको छ । बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।
अहिले अन्तिम चरणका कामअन्तर्गत खानेपानी, विद्युत्, सीसीटिभी जडान हुन बाँकी रहेको कोषले जनाएको छ । केन्द्रको चारैतिर सडक निर्माण भइरहेको छ । केन्द्रको भौतिक पूर्वाधार निर्माणको काम पूरा हुने चरणमा छ । यता अन्य कार्यका लागि दातृ निकायको खोजी गरिरहेको काषको भनाइ छ ।