काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले आगामि वैशाख १ गतेबाट लागु हुने गरि राजीनामा दिएका हुन् ।
मन्त्रालयको उर्जा विज्ञमा ८ महिना काम गरेर राजीनामा दिएका छन् । उनलाई गत १३ भदौको मन्त्रिपरिषद् बैठकले विशिष्ट श्रेणीको सेवा सुविधा पाउने गरी वरिष्ठ ऊर्जा विज्ञ नियुक्त गरेको थियो ।
उनले आफ्नो मन सुखीले राजीनामा दिएको बताएका छन् । उनले पुराना बाटो पट्यारलाग्दो भएको भन्दै .नयाँ बर्षमा नयाँ बाटो हिड्न आफैले पुरानो बाटोबाट मोडिन खोजेको जानकारी दिए ।