काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गरेको छ । समितिले मंगलबार हाल बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगको स्थलगत निरीक्षण गरेको हो ।
समितिले निरीक्षणपछि जिल्ला प्रशासन कार्यालय उदयपुरमा उद्योगको विषयमा सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । छलफलमा कोशी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीले उदयपुर सिमेन्ट चल्न नसक्नुको प्रमुख कारण राजनीतिक दल रहेको बताए ।
त्यसैगरी चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले राज्यले गतिलो कानुन नबनाउँदा देशमा उद्योगहरू सङ्कटमा परेको भन्दै राज्यले आवश्यक नीति तर्जुमा नगर्ने हो भने देशमा थप उद्योग खुल्न समेत कठिन हुने बताए ।