काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यका लागि सबैसँग सुझाव मागेको छ। अर्थ मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत् तथा आम नागरिकहरूलाई २०८२ वैशाख मसान्तभित्र बजेटका लागि सुझाव दिन आग्रह गरेको छ ।
त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेटमा गएर वा इमेल पठाएर सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ ।