बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार बुधबार साँझ वर्षासँगै चट्याङ परेको थियो । जिल्लामा लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरेका छन् ।