काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा खोलाबाट बालुवा उत्खनन् गर्न रोक लगाइएको छ । पालिकाले वैशाख ३ गतेदेखि भदौ मसान्तसम्मका लागि गिटी बालुवा उत्खननमा रोक लगाएको हो ।
पालिका भित्र पर्ने शारदा नदी, लुहामखोला, लंकिनी खोला, घुरखोला, रिखेबगर खोला, पिमखोला, ढुंगीबगर खोलाबाट खोलाजन्य बस्तु गिटी,बालुवा ढुंगा उत्खनन गरेको भेटाएमा कानुन बमोजिम कारवाही गर्ने त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
पालिका प्रत्येक वर्ष ठेक्का मार्फत खोलाजन्य बस्तु उत्खनन गर्न ठेकेदारलाई जिम्मेवारी दिएको र यस आबमा डिपिआर मार्फत ९ हजार घनमिटर गिटी बालुवा उत्खनन गर्ने जिम्मेवारी पाएको निरज एन्ड दिपसन निर्माण सेवाले तोके अनुसार उठाइसकेकोले त्यो भन्दा बढी उत्खनन गर्दा खोला मासिने ,पानीको स्रोत घटने, जलचर प्राणी मासिने र भु–क्षय जोखिम बढने भएकाले नै उत्खननमा रोक लगाईएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
स्थानीयले घर निर्माण तथा विकास निर्माणको लागि ठेकेदारले अबका दिनमा निर्माण कम्पनीले उत्खनन गरेर घाटगद्दि गरेर राखेको स्थानबाट किन्नु पर्ने बताइएको छ ।