रौतहट । जिल्लाको कटहरिया नगरपालिका–५ स्थित धनलक्ष्मी प्राविको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भवन निर्माणका लागि बुधबार कटहरियाका प्रमुख अजयप्रकाश जैसवालले शिलान्यास गरेका हुन् ।
विद्यालयमा विद्यार्थीको चाँप बढ्दै गएपछि मेयर जैसवालको पहलमा ४ कोठे भवन निर्माण हुन लागेको हो। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल १८ लाख रुपैयाँको लगतमा भवन निर्माण हुनेछ ।
शिलान्यास लगत्तै भवन निर्माण कार्य सुरु भएको धनलक्ष्मी प्राविका व्यवस्थापन समितिले जनाएको छ। शिलान्यास समारोहमा नगर शिक्षा संयोजक अनिल निधि, सह संयोजक सुरेन्द्र ठाकुर, विद्यालयका प्रधानाध्यापक राकेश कुमर साह,वडा सदस्य नागेन्द्र यादव, व्यवस्थापन समिति सदस्य राजु साह कानु, जनप्रतिनिधि , शिक्षक, शिक्षिका लगायतको उपस्थित रहेको थियो।