काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उद्योग सञ्चालनमा आएको हो ।
उद्योगबाट ६ महिनापछि उत्पादनका लागि चुनढुङ्गा तयार पार्न सुरु गरिएको छ। उद्योगका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ ।
अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले उद्योगमा बारम्बार समस्या हुने गरेको छ ।