काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजन समयमै सक्न निर्देशन दिएका छन् । मंगलबार दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरसँग आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् ।
उनले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले निर्माण कम्पनीलाई भने, ‘सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस् ।’
भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुवै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए।