काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् ।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए ।
सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङगँग रिसाएका थिए। घिसिङसँग मिलेर डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने समेत उनले बताएका थिए ।
राज्यमन्त्रीसँग स्पष्टिकरण सोध्ने अधिकार नहुँदा नहुँदै पनि उनले सिँचाइ विभागको कार्यक्रममा आफूसँग मञ्चमा नबसेको भन्दै मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण समेत सोधेका थिए ।