काठमाडौं। कोशी प्रदेशमा बिहीबारदेखि लगानी सम्मेलन सुरु हुँदैछ । प्रदेश सरकारले बिहीबार र शुक्रबार लगानी सम्मेलनको आयोजना गर्ने भएको हो ।
सम्मेलनमा दुई दर्जन बढी परियोजना अघि बढाउनका लागि सम्झौता गर्ने कोशी प्रदेश सरकारले बताएको छ । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना राखिँदैछ । तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुनेछन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले सम्पूर्ण तयारी पूरा भएको बताएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने तयारी छ । पर्यटन, कृषि, उद्योग, उर्जा, पुर्वाधार, आई।टी। सेवा लगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ ।