काठमाडौं । फेवातालमा डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले हावाहुरीका कारण स्टयाण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका ७ जनाको सकुशल उद्धार गरेको हो ।
बोट तालको बिच भागमा पल्टिदा भारत घर भएका २५ वर्षिय सोनु बर्मा, २२ वर्षिया नेहा शेखावत, २१ वर्षिय अरुण चौधरी, २४ वर्षिय पुनम चौधरी, २५ वर्षिय प्रविण दिक्षित, २४ वर्षिय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको उद्दार गरेको हो ।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।