काठमाडौं । काठमाडौंको ठमेल सातघुम्ती चोक नजिक आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ सातुघुम्ती चोक नजिकै शुक्रबार दिउँसो आगोलागी भएको हो ।
उर्मिला श्रेष्ठको चार तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरीले जनाएको छ । राजन श्रेष्ठले फुलमुन क्लब सञ्चालन गरिरहेको घरको दोस्रो चलामा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगोलागीबाट दोस्रो र तेस्रो तलामा क्षति भएको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी काठमाडौं महानगरपालिकाको तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल, पानी ट्याङकर, नेपाल प्रहरी र स्थानियको सहयोगमा निभाइएको छ ।