काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखनटोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको छ ।
दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ ।