काठमाडौं । आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोप लगाएको ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई प्रमाण पेश गर्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । कमिसन असुलका लागि बोर्डका कोही व्यक्तिमार्फत प्रयास गरिएको भन्ने इप्पानको आरोपबारे बोर्डले तथ्यगत प्रमाण पेश गर्न आग्रह गरेको हो ।
इप्पानले पठाएको तथ्यगत प्रमाण र आधिकारिक धारणापछि संलग्नलाई सोही बमोजिम कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ ।
यसअघि आईपीओ स्वीकृतिका लागि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिँदै कसैले कमिसन लिन खोजेको भन्दै अख्तियारमा गुनासो परेको थियो । सोही गुनासोका आधारमा अख्तियारको एउटा प्रतिनिधि टोलीले बोर्डसँग यसबारे औपचारिक जानकारी समेत लिइसकेको छ ।
बोर्डले अख्तियारलाई आईपीओ पाइपलाइनमा रहेका प्रत्येक कम्पनीको पछिल्लो प्रगति स्थितिबारे जानकारी गराइसकेको छ ।