भुम्लु । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालनमा रहेका योजनाहरूको कार्य सम्पन्न मिति २०८२ जेठ २० गतेभित्र तय गरिएको भन्दै समयमै कार्य सम्पन्न गरी फरक फारक प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै, आर्थिक वर्षको अन्त्यतिर एकै पटक धेरै योजनाको भुक्तानी प्रक्रिया गर्दा कार्यभार बढ्ने, SUTRA तथा C-GAS प्रणालीमा प्राविधिक समस्या आउन सक्ने, र योजनाहरूको अनुगमन लगायतका प्रक्रियामा समय लाग्ने हुँदा, निर्धारित समयमै योजना सम्पन्न गरी आवश्यक कागजातसहित भुक्तानी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।
गाउँपालिकाले सम्झौतामा उल्लेख भएअनुसार तोकिएको मिति भित्र योजनाको कार्य सम्पन्न गरी भुक्तानीको प्रक्रिया सहज बनाउने उद्देश्यले यो जानकारी सार्वजनिक गरेको जनाएको छ ।