काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विकासका योजनाहरू समयमै पूरा हुनेगरी काम अघि बढाउन सरकार समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेम्वाङले आज आफ्नो निर्वाचन क्षेत्रमा अलपत्र परेका विकासका योजनाहरू समयमै पूरा हुनेगरी काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद नेम्वाङले इलाम क्षेत्र नम्बर २ का योजनाहरू अलपत्र हुँदा विकासका सम्भावना पनि अधुरो रहेको बताए । सुशासन केवल प्रशासनिक दक्षताको मात्रै कुरा नभएको भन्दै राज्यले बनेका योजनाहरूलाई समयमै पारदर्शी रुपमा पूरा गर्ने उत्तरदायित्व पनि लिनुपर्ने बताए ।