काठमाडौं । आज बिहान बैतडीको खलंगा केन्द्रविन्दु भएर लगातार दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
२ बजे फेरि ३.७ रेक्टर स्केलको भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएको छ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिएका छन् । । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ ।