काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२, काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मंगलवार बिहान पिलुचौरबाट काँडाकोटमा रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न गएका टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का चढेको बा ५च २२०९ नम्बरको जिप दुर्घटना भएको हो ।
जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।