काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले सात राउण्ड गोली हानेर चार जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । मंगलवार दिउँसो टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले चार जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
घाइतेमध्ये एक जना पहिला पनि पक्राउ परेर छुटेका थिए । प्रहरीले याे टाेलीलाई गएकाे एक हप्तादेखि पछ्याइरहेकाे थियो । काँकडभिट्टादखि नेपाल छिरेका उनीहरु बंगालका नागरिक हुन् । भरियालाई प्रयाेग गरेर उनीहरु नेपालमा लागूऔषधकाे धन्दा चलाउँथे ।
आज प्रहरीले दुई जना लागूऔषध काराेबारी सुन्धारामा भेटेपछि सुन्धारादेखि टाेखासम्म पक्राउ गर्न उनीहरुलाई पछ्याएकाे थियो । यो क्रममा हवाइ फायर गरेर पक्राउ गर्न खोग्दा उनीहरुले नयाँ घर बनाइरहेकाे ठाउँमा बसेर प्रहरीलाई नै रड प्रहार गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुलाई घुँडाभन्दा मुनि गाेली प्रहार गरेकाे थियो । गाेली एकजनालाई दुईवटा र एकजनालाई एक वटा लागेकाे प्रहरीले जनाएकाे छ । अन्य दुईजनालाई गाेली लागेकाे छैन ।
बाँकी चार राउण्ड भने हवाइ फायर भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा पक्राउ परेका दुई जनालाई प्रहरी अस्पताल हुँदै उपचारका लागि टिचिङ पठाइएको छ ।