काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ को झिझरी खोलामा तटबन्ध निर्माण गरिएको छ । प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तटबन्ध निर्माण गरेको हो ।
झिझरी खोलाको बाढीले गर्ने डबवान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने भएको भन्दै स्थानीय खुसी भएका छन् । तटबन्ध निर्माण नहुँदासम्म वर्षाको समयमा यहाँका मानिसलाई कटान र डुबानको डर हुने गरेको थियो ।