डडेल्धुरा । जिल्लाका सातवटै स्थानीय तहले मंगलवार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् ।
मंगलवार सातै पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । जिल्लाको अमरगढी नगरपालिकाले रु ५८ करोड २५ लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ ।
परशुराम नगरपालिकाले ८० करोड ४९ लाख ४१ हजारको बजेट सार्वजनिक गरेको छ ।
आलिताल गाउँपालिकाले रु ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले रु ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले रु ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले रु ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले रु ४६ करोड ७६ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् ।