गुल्मी । गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । राष्ट्रिय प्रशारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको हो ।
धुर्कोट गाउँपालिका–७ द्वानेटामा लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको र ज्यालादारीमा राखिएको मजदुर समेत नभएको बताएका छन् ।