काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले सर्वसाधारण समूहमा अंकित मूल्य १ सयका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सर्वसाधारण समूहको सेयर हिस्सा २०.७ प्रतिशत हो ।
केयर रेटिङ नेपालबाट कम्पनीले बीबी रेटिङ पाएको छ । निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुल्नेछ ।