काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण तीव्र गतिमा अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।
सांसद बस्नेतले जोखिमपूर्ण बस्तीलाई सुरक्षित रुपमा पुनःस्थापना र भूकम्पपीडित नागरिकको जीवनरक्षा एवं सम्मानजनक पुनःस्थापनाको माग गरे। पुनःनिर्माण व्यावहारिक नहुँदा यी घरहरुमा बसोबास गर्न जोखिमपूर्ण भएको उनले बताए ।
“जाजरकोटसहित भूकम्प प्रभावित जिल्लाका नागरिकहरु अस्थायी टहरामा जोखिमपूर्ण जीवन बिताइरहेको छन् । बाढीपहिरो र मौसमजन्य प्रतिकूलताले उनीहरुको पीडा झन गहिरिएको छ”, सांसद बस्नेतले भने, “भूकम्पले क्षतिग्रस्त घरहरुको पुनःनिर्माण ढिलाइ नगर्न आग्रह गर्छु ।”