काठमाडौं । सांसद विष्णुदेवी पुडासैनीले मनसुन सुरु भएपछि हतारमा गरिने निर्माण कार्य रोकिनुपर्ने बताएकी छिन् । आज राष्ट्रिय सभाको बैठकमा उनले असारको समयमा पूर्वाधार निर्माण हतार गर्दा गुणस्तर नहुने भएकाले मनसुन लागेपछि गरिने विकास रोक्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, “वर्षाको समयमा सडक निर्माण गर्दा दुर्घटना बढ्ने र गुणस्तरहीन पूर्वाधार निर्माण हुने भएकाले मनसुन सुरु भएपछि हतार हुने निर्माण कार्य रोकिनुपर्छ ।”
उनले रसुवामा आज बिहान ३ बजे आएको बाढीबाट घाइतेहरूको तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्।