काठमाडौं । काठमाडौंको बौद्धमा एक घरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
बौद्धस्थित एक घरको कोठामा आगलागी भएको हुँदा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको हो ।
मृतक शारीरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।