काठमाडौं । पर्साको ठोरी गाउँपालिका शिकारीबास खोलामा तटबन्ध निर्माण गर्न सुरु गरिएको छ । खोलाको कटान रोक्नका लागि १० लाख लातमा तटबन्ध निर्माण गर्न सुरु गरिएको हो ।
यहाँ ७० परिवार बसोबास गर्दछन् । यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ । खोलाले बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साले जनाएको छ ।