नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा करेन्ट लाग्दा बर्दियाको ठाकुरबाबा–२ घर भएका ३५ वर्षीय सरोज थारुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भवनमा ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जनाएको छ ।