काठमाडौं । साढे ९ करोड लागतमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको भवन निर्माण भएको छ ।
भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना आमाबुबा वृषबहादुर गुरुङ र धनमाया गुरुङको सम्झनामा भवन निर्माण गरेको हस्तान्तरण गरेका हुन् ।
शिक्षण अस्पतालको ४३औं वर्ष प्रवेशका अवसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवन उद्घाटन गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले उक्त अस्पताल भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले निरोगी नेपालको नाराकासाथ सरकारले काम गरिरहेको हुँदा सकेसम्म बिरामी नहुने गरी आहार, बिहार, व्यायाम र आराममा ध्यान दिनुपर्ने र बिरामी भइहाले गुणस्तरीय र सुलभ सेवा दिनुपर्ने बताए ।