काठमाडौं । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आगामी साउन ६ गतेदेखि खुल्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको हो ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाका लागि आईपीओ खोलिने छ । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ निष्कासन हुनेछ । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ६६ हजार कित्ता छुट्याइएको छ । बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
आयोजना प्रभावितका रुपमा तनहुँ जिल्लाका बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा नम्बर १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका ७ का स्थानीय पर्दछन् ।