काठमाडौं । अर्थ मन्त्रालयले विकास आयोजनामा दैनिक ३ सिफ्टमा काम गर्न निर्देशन गरेको छ । मन्त्रालयले श्रावण १ गतेदेखि सुरु भएको चालु आव २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो सर्कुलर जारी गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभरि सरुवा नगर्ने गरी मापदण्ड कार्यान्वयन गर्नु हुनेछ । अर्थले भनेको छ, ‘आयोजना कार्यान्वयनमा तीव्रता ल्याउन दैनिक ३ सिफ्टमा काम हुने व्यवस्था मिलाउनु हुनेछ ।’