सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमवार कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको करेन्ट लागेर मृत्यु भएको हो ।
चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।