ताप्लेजुङ। जिल्लाको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले पुल बगाएको हो ।
बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको थियो । बाढीले उक्त बेलिब्रिज बगाएसँगै स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । फक्ताङलुङ गाउँपालिकाको ५ र ६ दुई वटा वडामा आउजाउ गर्न समेत नसकिने अवस्था आएको स्थानीय बताउँछन् ।