काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पूर्वाधार विकासमा आवश्यक लगानी सरकार एक्लैले गर्न नसक्ने बताएका छन् । ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन पूर्वाधार विकासमा आवश्यक लगानी सरकार एक्लैले गर्न नसक्ने बताएका हुन् ।
उनले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् । मन्त्री पाण्डेले हाल मन्त्रालयले नीतिगत सुधारमा ध्यान दिएको बताए । उनले पर्यटन मन्त्रालयसँग धेरै अपेक्षा रहेको भन्दै बजेटको प्राथमिकतामा भने कम पर्ने गरेको गुनासो गरे ।
उनले नेपाललाई दृश्यका माध्यमबाट अझ सुन्दर देखाउन सबैको प्रयास आवश्यक रहेको बताए । मन्त्री पाण्डेले किराँत सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न संघ सरकार प्रतिबद्ध भएको समेत मन्त्री पाण्डेले बताए ।