तनहुँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने बताएकी छिन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले बन्दीपुर नेपालकै चर्चित पर्यटकीयस्थल भएकाले यस ठाउँको विकासका लागि केन्द्र सरकारले विशेष ध्यान दिने बताएकी हुन् ।
मन्त्री नहुँदा धरमपानी आसपासको विकासका लागि रु २५ करोडभन्दा बढी बजेट विनियोजन भइसकेको जानकारी समेत दिइन् । उनले बन्दीपुर धरमपानी सडकलाई गतवर्ष रु चार करोड र यसवर्ष त्यसभन्दा धेरै बजेट विनियोजन हुने बताइन् ।
बन्दीपुर धरमपानी साराङघाटलाई कालोपत्र गरी बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने मन्त्री न्यौपानेको भनाइ छ ।