काठमाडौं। रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले २२० केभीको त्रिशुली–३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्याएको छ । यसअघि पनि बाढीले क्षति पुर्याएको सबस्टेसनमा बाढीले पुनः क्षति पुर्याएको हो ।
बाढीका कारण सबस्टेसनमा लगाइएको पर्खाल लच्किएको र बगाएका कारण अब सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बाढीले बाटो समेत बगाएकाले सबस्टेसनको पुनर्निर्माण पनि समस्या भएको प्राधिकरणले जनाएको छ ।
भोटेकोशीमा फेरि पनि ठूलो बाढी आउँदा रसुवा र नुवाकोट जिल्लाका नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।