काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले आईपीओ जारी गर्ने भएको छ । इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले ३० करोड रुपैयाँको साधारण सेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो ।
कम्पनीले अंकित मूल्य १ सयका दरले ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कम्पनीका तर्फबाट अध्यक्ष डा.मनिष थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फन्डले व्यवस्थापन गर्दै आएको छ ।