काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवाजा कार्ययोजनामा पारित भएका पूर्वाधार, कनेक्टिभिटी र पारवहनजस्ता कार्यक्रमहरू भूपरिवेष्ठित मुलुकको विकासका लागि आशाका स्तम्भ भएको बताएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै राष्ट्रलाई पूर्वाधार, कनेक्टिभिटी र ट्रान्जिटमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै कुनै पनि राष्ट्रलाई पछाडि नछोडी सुन्दर भविष्य निर्माणका लागि आह्वान गरे ।
उनले नेपाल आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र साझा प्रगतिको भावनामा छिमेकी तथा अन्य मुलुकहरूसँगको साझेदारीलाई मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने‘भूपरिवेष्ठित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिगो र द्रुत आर्थिक वृद्धिलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।