काठमाडौं । पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि नबुझाएका कम्पनीहरुको सूची सार्वजनिक गर्दै थप सात दिने स्पष्टीकरण सोधेको हो ।
सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआएका कम्पनीलाई कार्यालयले कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
स्पष्टीकरण सोधिएका कम्पनीमा ग्रामिण सडक सन्जाल सुधार आयोजना ललितपुरको सिफारिसमा पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन, ओमप्रकाश यादव मुख्य व्यक्ति भएको दिनकर कन्स्ट्रक्सन प्रालि, ध्रुवप्रसाद भट्टराई मुख्य व्यक्ति भएको न्यू डि.पी. निर्माण सेवा काठमाडौं र तुल्सीराम कोजी मुख्य व्यक्ति भएको कोजु इन्जिनियरिङ एण्ड बिल्डर्स काठमाडौं रहेका छन् ।
त्यसैगरी सडक डिभिजन नुवाकोटले कालोसूचीमा राख्न सिफारिस गरेको कम्पनीहरुमा टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा, राजु तितुङ तामाङ मुख्य व्यक्ति भएको लोबेन निर्माण सेवा, नबिन घले मुख्य व्यक्ति भएको मनकामना कन्स्ट्रक्सन प्रालि, सानुमाया लामा मुख्य व्यक्ति भएको शिलाकन्या देवी कन्स्ट्रक्सन प्रालि र गोसबहादुर तामाङ मुख्य व्यक्ति भएको लाङलाङरमानेज्यार्सा जेभी छन् ।
चितवनको भरतपुर महानगरपालिकाबाट कालोसूचीमा राख्न सिफारिस भएको रामशरण बुढाथोकी र ज्ञानुप्रसाद चौलागाई मुख्य व्यक्ति रहेको एमएस वर्ल्ड वाइड धुलिखेल जेभी बानेश्वर हुन् ।
सडक डिभिजन इलामको सिफारिसमा सुदन अधिकारी मुख्य व्यक्ति रहेको तिमल्सेना निर्माण सेवा पाँचथरलाई पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।
त्यसैगरी तेजबहादुर लिम्बु मुख्य व्यक्ति भएको आरटी निर्माण सेवा सुनसरी, मैना शाही मुख्य व्यक्ति भएको विनम्र निर्माण सेवा सुर्खेत, राकेशप्रसाद जायसवाल मुख्य व्यक्ति भएको जायसवाल कन्स्ट्रक्सन धनुषा, कुवेर लम्साल मुख्य व्यक्ति भएको तुल्सी इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि काठमाडौं, राजेश कुमार कुँवर मुख्य व्यक्ति भएको वाई पीरविकास एण्ड ब्रदर्शरआत्रेय जेभी काठमाडौं, रामकुमार थापा मुख्य व्यक्ति भएको लोहनीरआत्रेय जेभी शंखमुल काठमाडौं पनि कालोसूचीमा राख्न सिफारिस भएकाले सात दिने स्पष्टीकरण मागिएको छ ।
रमेश आचार्य मुख्य व्यक्ति भएको र बूढानीलकण्ठ नगरपालिका १० काठमाडौं ठेगाना भएको मेडिवेल फार्मेसी प्रालिसँग पनि सातदिने स्पष्टीकरण सोधिएको छ ।
नेपाल वायु सेवा निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागले कालोसूचीमा राख्न सिफारिस गरेको प्राप्ती इन्टरप्राइजेज काठमाडौंसँग पनि स्पष्टीकरण सोधिएको छ ।
यस्तै खड्गप्रसाद अमगाई मुख्य व्यक्ति भएको अनिवार्य बिल्डर्स प्रालिसँग पनि स्पष्टीकरण सोधिएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको सिफारिसमा एमरएस जिन्यु टेक्नोलोजिज र शहरी विकास मन्त्रालयको ग्रामिण सडक सन्जाल सुधार आयोजनाको सिफारिसमा एमरएस छोङछिङ इन्टरनेसनल कन्स्ट्रक्सन गरी दुई वटा चिनियाँ कम्पनीसँग समेत स्पष्टीकरण सोधिएको छ ।
