काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग आग्रह गरेका छन् । स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् ।
उनले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठूला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताए ।
कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गरे । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार उक्त संस्थालाई दिने निर्णय गरेको थियो ।