काठमाडौं । एमाले सांसद सुनिता बरालले कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष हुन नहुने बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद बरालले कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा एकीकृत हुनुपर्ने धारणा राखेकी हुन् ।
उनले प्रतिपक्ष दलले लोकप्रियतावाद, अतिवाद, शङ्का र घृणाका विषय मात्र उत्खनन गर्ने गरेको भन्दै प्रतिपक्षको कटाक्ष गरेकी छन् ।
‘आज हामी राजनीतिक दलहरू नीतिका आधारमा प्रतिस्पर्धा गर्ने ठाउँमा कहाँ छौ ? हामी सहमति निर्माण र संवादलाई राजनीतिक अभ्यासको केन्द्र बनाउनुपर्छ भन्ने कुरामा कहाँ छौ ?र राजनीतिक संस्कार विकास गर्दै राष्ट्रिय राजनीतिका विषयहरूमा एकीकृत हुनुपर्छ भन्ने सन्दर्भमा कहाँ छौँ ?’, बरालको प्रश्न छ । कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा एकीकृत हुनुपर्ने बरालको धारणा छ ।