काठमाडौं । पहिरोमा पुरिएर म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाका दुई जना कर्मचारीको मृत्यु भएको छ । आयोजनाको अडिट नम्बर १ मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको हो।
घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते भएका पाँचै जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।