काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सचिव गोपालप्रसाद सिग्देलबीच आर्थिक वर्ष २०८२र८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
सोमवार सहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सम्झौता गर्दै उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष २०८२÷८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए। उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि समेत जनाएका छन् ।
अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिवसहित सबै विभागीय प्रमुखहरुलाई मन्त्री सिंहले निर्देशन समेत दिएका छन् ।
सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भए पनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।