काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच मंगलवार कार्यसम्पादन सम्झौता भएको छ ।
कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरू प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिएका छन् ।
गत आर्थिक वर्षमा सबैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए ।
सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरी कार्यसम्पादन गर्न उनको निर्देशन छ ।
यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोही अनुसार लक्ष्य निर्धारण गरी कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूलाई निर्देशन दिए ।
सम्झौतामा उल्लेखित नतिजा सूचकहरू प्राप्त हुने गरी माईलस्टोन अनुसार काम गर्न शर्माले जोड दिए ।