काठमाडौं । योग्यताबारे प्रश्न उठेपछि बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो।
उनको योग्यताबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदन समेत बुझाएको थियो।
ओझालाई गत फागुन १२ गते सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।