काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी शाक्य बज्राचार्यबीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।
चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मंगलबार सचिव बज्राचार्यले मन्त्री यादवसँग कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन् ।
कार्यसम्पादन कार्यक्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादन छिटो र प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।