काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज सार्वजनिक गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको उल्लेख छ। एकदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
