काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्ने बताएका छन् । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी सस्थाको ३१ औं साधारणसभामा मन्त्री दाहाले यस्तो बताएका हुन् ।
उनले राज्यले तीन खम्बे आर्थिक नीति अवलम्बन गरेको भन्दै सहकारी एक महत्वपूर्ण खम्बा रहेको समेत बताए । अर्थतन्त्रको एक महत्वपूर्ण खम्बालाई कमजोर छाडेर सबल अर्थतन्त्र निर्माण गर्न नसकिने उनको भनाइ छ ।
पछिल्लो समय विभिन्न सहकारी संस्थामार्फत ठगिएकालाई न्याय दिलाउनु र सहकारी क्षेत्रमा बलियो नियमन र प्रोत्साहन जरुरी रहेको उनले बताए ।